लकडाउनमा मानिस ओसारपसारमा प्रतिबन्ध « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

लकडाउनमा मानिस ओसारपसारमा प्रतिबन्ध



काठमाडौं । लकडाउनको समयमा यात्रु ओसार्न बन्द गरेको छ । गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै बिनापासका सवारीसाधन चल्न नदिन र यात्रु ओसारपसारमा प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासनबाट पास लगेका सवारीसाधनबाहेक अरुलाई चल्न नदिने गरि लकडाउन पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीलाई सचेत गराएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

अहिले राजधानीसहित विभिन्न जिल्लामा अलपत्र यात्रुलाई स्थानीय तहबाटै व्यवस्थापन गरी घर फर्काइँदै आएको छ । यात्रुहरुले केह िराहत लिएका भएपनि अव त्यस्तो नहुने भएको हो । गृह मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि अलपत्र सर्वसाधारण ओसारपसारमा प्रतिबन्ध लगाएको हो । बिनपास सवारीसाधन चलेको भन्ने व्यापक गुनासा आएपछि सरकारको पुरानै निर्देशनलाई सम्झाउने काम भएको शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्