निजी प्रयोगशालाहरुले कोरोना परीक्षण गर्न पाउने,हालसम्म ५३ हजार ५ सय ३४ जनाको परीक्षण « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

निजी प्रयोगशालाहरुले कोरोना परीक्षण गर्न पाउने,हालसम्म ५३ हजार ५ सय ३४ जनाको परीक्षण



काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने पाएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् । निजी प्रयोगशालाको यसको लागि स्वास्थ्य मन्त्रालयसँग संम्पर्क गर्नुपर्ने बताएका छन् । हालसम्म सरकारी स्तरले मात्र कोरोना परीक्षण गरिरहेकोे थियो ।

५३ हजारको कोरोना परीक्षण

हालसम्म ५३ हजार ५ सय ३४ जनाको परीक्षण गरिएको छ। रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट १० हजार ४ सय ७१ र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट ४३ हजार ६३ जनामा कोरोना परीक्षण गरिएको हो।र्‍यापिड टेस्टमार्फत प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमती प्रदेशमा ७ हजार ६ सय २६, गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णाली प्रदेशमा ५ हजार १ सय २८ र सुदूरपश्चिममा ११ हजार ९ सय ६१ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

अहिलेसम्म आइसोलेसनमा १ सय ६ जना रहेका छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये अहिलेसम्म ३ सय ४ जना ‘रेड जोन’ मा रहेका छन्। हालसम्म नेपालमा ५२ जना संक्रमित भएकोमा १६ जना निको भएर घर फर्किएका छन्। संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा मा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको अस्थायी कोरोना अस्पतालमा १ जना र विराटनगरमा ३१ जना उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस्