२ सय ३८ नेपाली महाकाली तरेर नेपाल प्रवेश « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

२ सय ३८ नेपाली महाकाली तरेर नेपाल प्रवेश



काठमाडौं । महाकाली तरेर भारतबाट दुई सय ३८ जना नेपाली नेपाल प्रवेश गरेका छन् । एक महिना यता पटक पटक गरी दुई सय ४ जना र आईतवार ३४ जना महाकाली नदी पार गरेर नेपाल प्रवेश गरेका हुन् । आईतवार दार्चुलाको व्यासबाट महाकाली नदी पार गरेर ३४ जना नेपाली आएको महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले बताए । यसरी ज्यानै जोखिममा राखेर महाकाली नदी तरेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको मेयर भट्टले जानकारी दिए


प्रतिक्रिया दिनुहोस्