२ प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन, कसले पाउने पाउने छन् यस्तो सुविधा ? « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

२ प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन, कसले पाउने पाउने छन् यस्तो सुविधा ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोनाले प्रभावितहरुलाई ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैकले छुट दिन निर्देशन दिएको हो । मंगलवार पत्र जारी गर्दै २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले बताएको हो । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ । तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् ।

कसले पाउने छैनन् यो सुविधा

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योग, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले यो सुविधा पाउनबाट बञ्चित रहेका छ ।

कसले पाउने छन् यो सुविधा

होटल, रेष्टुरेन्ट, ट्रेकिङ, पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ । त्यस्तै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो । होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्