सीमामा रोकिएका दुई हजार नेपाली ३४ दिनपछि नेपाल फर्काउन सुरु « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

सीमामा रोकिएका दुई हजार नेपाली ३४ दिनपछि नेपाल फर्काउन सुरु



काठमाडौं । चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका एक हजार नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बस्नुपर्ने समय सकिए पनि उनिहरुलाई नेपाल ल्याउने विषयमा बुधबारसम्म सहमति जुट्न सकेको थिएन । बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति पश्चात पिथौरागढ जिल्ला अधिकारीसंग समन्वय गरेर उनिहरुलाइ आज बिहाँन नेपाल ल्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो ।

बैतडी र बझाङ जिल्लाका मानिसहरुलाई महाकाली नगरपालिका–९ दत्तु नाका र दार्चुला सहित बाँकी ८ जिल्लाका मानिसहरुलाई दार्चुला सदरमुकास्थित खलंगा नाका भएर स्वदेश ल्याइएको छ । उनिहरुलाई ज्वरो मापन लगायत प्रार्थमिक स्वास्थ्य परीक्षण गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने तयारी गरिएको छ । सीमाबाट फर्किएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले बताउनुभयो ।
सीमाबाट सामाजिक दुरी कायम गरेर नेपाल प्रबेश गर्न दिइएको छ । ढिलै भएपनि स्वदेश फर्किन पाउँदा खुसी लागेको जौलविबिको क्वारेन्टाइनमा बसेका मार्मा गाउँपालिका–६ का दिलेन्द्र महताले बताउनुभयो । यसअघि धारचुलाका क्वारेन्टाइनमा खान, बस्न र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नभएको भन्दै साढे दुई सय नेपाली महाकाली नदीमा ट्युब तथा तुईन तरेर, पौडी खेलेर, जघाँर तरेर अबैध रुपमा दार्चुला भित्रिसकेका छन् । महाकाली तरेर आएका अधिकासं मानिसलाई दार्चुला सदरमुकाम खलंगास्थित क्वारेन्टाइनमा राखिएको छ ।

यसैबिच बैतडीको सीमानाका झुलाघाटमा रोकिएका झण्डै साढे आठ सय नेपालीलाई समेत आज स्वदेश ल्याइदैछ । एक महिनाअघि भारतको धारचुलाबाट झण्डै तीन सय नेपालीलाई स्वदेश फर्काइएको थियो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्