सामाजिक दूरी कायम गर्दै तत्काल विद्यार्थी भर्ना शुरु गर्न सुझाव « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

सामाजिक दूरी कायम गर्दै तत्काल विद्यार्थी भर्ना शुरु गर्न सुझाव



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा ९एसईई० जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

यदि २५ वैशाखपछि लकडाउनको मोडल फरक भए एसईई र कक्षा १२ को परीक्षा दुई सिफ्ट गरि एउटै समयमा ९ एक पछि अर्को० परिक्षा लिन सकिने भएको छ ।

विद्यार्थीहरु खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाएर हिमाली र पहाडी जिल्ला विद्यालयका परिक्षा सञ्चालन गर्न सकिने छ ।

कक्षा ११ को परीक्षा ढिलो गरि सञ्चालन गर्न मिल्ने र परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ ।

त्यस्तै कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित हुने भएको छ ।

प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।

उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका हुन्।


प्रतिक्रिया दिनुहोस्