सुन्दर यातायातले बनायो नागढुङ्गामा डिस्इन्फेक्सन टनेल « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

सुन्दर यातायातले बनायो नागढुङ्गामा डिस्इन्फेक्सन टनेल



काठमाडौं । राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।

काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल आजदेखि सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदिइ प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो ।

लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसङ्क्रमण गर्न सकिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्