सन्तुलन कायम गर्न ५० हजार मेट्रिकटन चिनी आयात गर्ने « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

सन्तुलन कायम गर्न ५० हजार मेट्रिकटन चिनी आयात गर्ने



काठमाडौं । बजारमा माग बढ्ने र यसलाई सन्तुलन कायम गर्न तथा भण्डारणमा मौज्दात सकिँदै गएपछि चिनी खरिद प्रक्रिया शुरु गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

हालको लागि बजारमा करिव ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने देखिएकोले अर्थ मन्त्रालयसँग छलफल थालिएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिईन् ।

हाल साल्ट्रेडिङ कम्पनी लिमिटेडसँग जम्मा ४ हजार ९९ मेट्रिकटन चिनीका मौज्दात रहेको छ । नेपालमा बार्षिक माग २ लाख ३० हजार मेट्रिकटन हुने गरेको र एक लाख २० हजार मेट्रिकटन हाराहारी चिनी स्वदेशमै उत्पादन अनुमान गरिएको छ ।

देशभरीका १२ वटा चिनी मिलमा ६३ हजार दुई सय ७ मेट्रिकटन चिनी बाँकी रहेको सरकारी अनुमान छ । सरकारी स्वमित्वको साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । स्वदेशमा उत्पादित चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ६५ रुपैयाँ हो ।


प्रतिक्रिया दिनुहोस्