विश्व प्रेस स्वतन्त्रता दिवसः नेपाल ६ स्थान तल झर्यो « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

विश्व प्रेस स्वतन्त्रता दिवसः नेपाल ६ स्थान तल झर्यो



काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाईंदैछ । विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन मनाउन थालिएको हो ।

यसवर्षको विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस कोरोनाका कारण विगतका जस्तो भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था भने छैन । तैपनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् दिवस मनाइँदैछ ।

नेपालमा अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताको स्थिति खस्किएको रिपोर्टरस् विथआउट बोर्डर ९आरएसएफ०ले जारी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । आरएसएफले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल प्रेस फ्रिडम इन्डेक्समा सन् २०१९ को तुलनामा ६ स्थानले तल खस्किदै ११२ औँ स्थानमा पुगेको छ ।

सन् २०१९ मा नेपाल १०६ औँ स्थानमा थियो । सन् २०१३ यता नेपाल सन् २०१७ मा सबैभन्दा उच्च १ सयौँ स्थानसम्म पुगको थियो । पछिल्लो पटक सन् २०१४ मा नेपाल सबैभन्दा खराब १ सय २० औँ स्थानमा थियो ।


प्रतिक्रिया दिनुहोस्