गभर्नर अधिकारीको सम्पति विवरण सार्वजनिक, १० वटा वाणिज्य बैंकमा सेयर होल्डर « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

गभर्नर अधिकारीको सम्पति विवरण सार्वजनिक, १० वटा वाणिज्य बैंकमा सेयर होल्डर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती विवरण सार्वजनिक भएको छ । गभर्नर महाप्रसाद अधिकारीसँग ललितपुरमा घर, जग्गा, मकवानपुरमा जग्गा रहेको र २७ तोला सुन र ५० तोला चाँदी छ भने बैंक तथा वित्तीय संस्थामा १२ लाख रुपैयाँ बचत छ । सम्पत्ति विवरण अनुसार गभर्नर अधिकारीको सबैजसो सम्पत्ति श्रीमती सरिता अधिकारीको नाममा रहेको छ ।

गभर्नर अधिकारीसँग १ करोड रुपैयाँ बराबरको सेयर रहेको छ । गभर्नर अधिकारीले पेश गरेको विवरणमा नबिल बैंक, हिमालयन बैंक, सिदार्थ बैंक, बैक अफ काठमाण्डू, सनराइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकमा प्राथमिक र दोस्रो बजारबाट खरीद गरिएको सेयर रहेको देखिएको छ । जस अनुसार बैंकहरुमा २७ हजार १८४ कित्ता अर्थात करीव ४८ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर रहेको छ । यसैगरी अन्य जलविद्युत आयोजनामा २७ हजार ९ सय २९ कित्ता सेयर (४० लाख १७ हजार रुपैयाँ) बराबरको सेयर रहेको छ ।

गभर्नर अधिकारीको झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा छ । उनको ललितपुरको सैंबुमा २२०० वर्गफिटमा बनेको घरसमेत रहेको छ । बैंक तथा वित्तीय संस्थाको खातामा भने १३ लाख रुपैयाँभन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् ।

उनले विभिन्न कम्पनीहरुको १ करोड ७ लाख रुपैयाँमा किनेको सेयर ९लागत मूल्य अर्थात किनेको भाउमा० रहेको समेत आफ्नो सम्पत्ति विवरणमा देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस्