सनसिटी अपार्टमेन्टका तीन जना अस्पतालमा

काठमाडौं । केहि हप्ता अघि काठमाडौंको सनसिटी अपार्टमेण्टमा कोरोनाम संक्रमण देखीएर अस्पताल भर्ना भएर निको भई घर गएकामध्ये एकजनालाई आईसोलशनमा राखिएको छ । उक्त अपार्टमेन्टमा बस्ने आमा र छोरालाई कोरोना आशंका गरिएपछि पाटन अस्पतालको आइसोलेशनमा राखिएको हो ।
उनीहरुको उपचारका लागि कोरोना परिक्षणका लागि स्वाव संकलन भईरहेको अस्पतालले जनाएको छ । उनीहरु बेलायतबाट चैत ४ गते फर्किएका उनीहरुमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमण नदेखिएपछि बुहारी वैशाख ३ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् भने वैशाख ११ गते आमा र छोरा दुवैमा परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।