लकडाउन जेठ ५ गतेसम्म लम्बियो, जनजिवन कष्टकर बन्दै « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

लकडाउन जेठ ५ गतेसम्म लम्बियो, जनजिवन कष्टकर बन्दै



काठमाडौं । बुधबार बसेको मन्त्रीपरिषद बैठकले लक डाउनको अवधी जेठ ५ जगेसम्म लम्व्याउने निर्णय गरेसंगै दैनिक मजदुरी गरी खाने वर्गको जनजिवन कष्टकर बन्दै गएको छ ।

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा जिल्ला जिल्लाको अवस्था हेरी आन्तरीक लकडाउन खुकुलो बनाउने प्रश्ताव आएपनि प्रधानमन्त्रीले थप ११ दिन लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड –१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा लजजिवन कष्टकर बन्दै गएको भन्दै आन्तरीक लकडाउन खुकुलो बनाउने र नाका शिल गर्ने पैश्ताव सरकारलाई गरेको थियो । जोखिमका आधारमा ७७ जिल्लाको अवस्था हेरी लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश भएकोमा सरकारले पुरानै अवस्थामा थप ११ दिन लक डाउन गर्ने निर्णय गरेको हो ।

बुधबारको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै पुरै लकडाउन गर्ने बताएको सहभागी एक मन्त्रीले बताए ।


प्रतिक्रिया दिनुहोस्