सरकारले दियो उद्योग खोल्न अनुमति: हेर्नुहोस « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

सरकारले दियो उद्योग खोल्न अनुमति: हेर्नुहोस



काठमाडौं । सरकारले चैत ११ गतेदेखीको लकडाउन जेठ ५ गतेसमम थप गरेको छ । तर यस अवस्थामा जनजीवन पनि प्रभावित हुँदै गएको छ ।यस अवस्थामा सरकारले विभिन्न विकास निर्माणका कार्यदेखी उद्योगधन्दाहरु सञ्चालन गर्न दिने भएको छ । आवश्यक पर्ने सामाग्री उत्पादन गर्ने उद्योगहरु नै बन्द भएपछि समस्या आएको हुँदा आवश्यक सुरक्षा अपनाउर काम गर्न निर्देशन दिएको छ । विहीवारको मन्त्रीपरिषदको निर्णयले यस्तो गरेको हो ।

खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु, दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग, औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु, खाने पानी उत्पादन गर्ने उद्योगहरु, इँटा उद्योगहरु, पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग, खाने तेल तथा घ्यू उद्योग, चिनी उद्योग, चिया प्रशोधन उद्योग, एलपीजी ग्याँस उद्योग, प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग, कफि उद्योग, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नूडल्स तथा तयारी चाउचाउ उद्योग, मसला उद्योग, अलैंची र अदुवा प्रशोधन उद्योग, कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग, दाल उद्योग, पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग, खानी तथा खनिजजन्य उद्योग, बालुवा प्रशोधन तथा क्रसर उद्योग, सिमेण्ट उद्योग, आइरन तथा स्टिलउद्योग, पेन्टिङ्गस (रंगरोगन) उद्योग, जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग, बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग, जुुस तथा हल्का पेयपदार्थ उद्योग, प्लाइउड र भेनिर उद्योग, विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु, जस्ता पाता उद्योग, हेभी मेशीनरी औजार मर्मत संभार, खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत), समिल र काष्ठ उद्योग, आल्मुनियम उद्योग, ग्रील उद्योग, फोहोर मैला संकलन तथा प्रशोधन उद्योग, ढुवानी तथा कार्गो सेवा उद्योग, मेसिन पार्टपूर्जा वर्कसप उद्योग, मोटर ग्यारेज वर्कसप उद्योग, छापाखाना तथा प्रेस सम्बन्धी उद्योग, सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग सञ्चालन गर्न अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्