पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टायता कोरोना संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा संक्रमितको संख्या ९९ नै रहेको जानकारी दिइएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार भेटिएका १७ जनासहित नेपालमा ९९ जना कोरोना संक्रमित रहेको बताएका छन्। उनका अनुसार ती सबै संक्रमितको अवस्था सामान्य रहेको छ।

हालसम्म १४ हजार ५०९ जनामा पीसीआर विधिबाट परीक्षण भएको छ भने हालसम्म आरडीटीमार्फत ५४ हजार ९३ जनाको परीक्षण भएको छ ।मार्फत ५४ हजार ९३ जनाको परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा १४ सय ५१ वटा परीक्षण भएको छ ।

प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४८, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९ जना, प्रदेश ५ मा ५७१३, कर्णाली प्रदेशमा ६६०८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनाको आरडीटी प्रविधिबाट परीक्षण भएका छन् ।

क्वारेन्टाइनमा १७ हजार ३७२ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा उपत्यकामा तीन जनासहित कूल १३३ जना रहेका छन् । रेड जोनमा सम्भावित संक्रमितको संख्या ३३५ रहेको छ ।

नेपालमा कोभिड–१९ को हटस्पट देखिएका उदयपुर ५ सय थान किट र वीरगञ्ज र नेपालगञ्जमा थप १–१ हजार किटसहित स्वास्थ्य टोली पठाइएको मन्त्रालयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्