८ जना कोरोना संक्रमित भोलि डिस्चार्ज हुने « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

८ जना कोरोना संक्रमित भोलि डिस्चार्ज हुने



काठमाडौं । प्रदेश एकको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ८ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज हुने प्रदेश एक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ८ जना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी भएको हो ।

कोशी अस्पतालका अनुसार ८ जनाको दोस्रो पटकको थ्रोट स्वाब नमूनामा रिपोर्ट नेगेटिभ आएको हो । केन्द्रमा हाल २५ जना कोरोना संक्रमित उपचाररत छन् । बुधबार ६ जना डिस्चार्ज भएका थिए ।

जसमा उदयपुरबाट ल्याइएका २२ जना, झापाबाट २ जना र एक जना भोजपुरबाट ल्याइएका संक्रमति छन् । हाल उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको केन्द्रले जनाएको छ । शुक्रबार ८ जनाको डिस्चार्ज भएपछि केन्द्रमा १७ जना रहने छन् ।


प्रतिक्रिया दिनुहोस्