थप ८ जना कोरोना संक्रमित डिस्चार्ज « Arthapath.com
२६ बैशाख २०७७, शुक्रबार

थप ८ जना कोरोना संक्रमित डिस्चार्ज



विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् । यो सँगै नेपालभर कोरोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । 

डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् ।  दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् ।


प्रतिक्रिया दिनुहोस्