जेठ ५ सम्म कपिलवस्तुमा सिल « Arthapath.com
२९ बैशाख २०७७, सोमबार

जेठ ५ सम्म कपिलवस्तुमा सिल



कपिलवस्तु । कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई शिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको छ भने सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्