जीडीपी वाग्मती प्रदेशको धेरै, वृद्धिदरमा सुदूरपश्चिम अगाडि « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

जीडीपी वाग्मती प्रदेशको धेरै, वृद्धिदरमा सुदूरपश्चिम अगाडि



काठमाण्डौ । केन्द्रीय तथ्याङ्क विभागले प्रादेशिक कुल गार्हस्थ उत्पादन अर्थात जीडीपीको अनुमान सार्वजनिक गरेको छ । विभागले आर्थिक वर्ष २०७६–०७७ का ८ महिनासम्मका आर्थिक गतिविधिको आधारमा कुल गार्हस्थ उत्पादनको प्रक्षेपण सार्वजनिक गरेको जनाएको छ ।चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमात्र हुने आफ्नो प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर १ प्रतिशतमा हुने प्रक्षेपण गरेको थियो ।

प्रदेश नम्बर १

प्रदेश १ मा कुल गाहस्थ्य उत्पादन ५ खर्ब ९६ अर्ब रुपैयाँ हुने वा १५.८२ प्रतिशत हिस्सा रहेको छ ।

प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा कुल गाहस्थ्य उत्पादन ५ खर्ब १९ अर्ब रुपैयाँ हुने वा वर्ष १३.७८ प्रतिशतमा पुगेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा कुल गाहस्थ्य उत्पादन १३ खर्ब ५० हुने वा ३५.८४ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कुल गाहस्थ्य उत्पादन ३ खर्ब ३५ अर्ब रुपैयाँ हुने वा ८.९० प्रतिशत रहेको छ ।

प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ को कुल गाहस्थ्य उत्पादन ५ खर्ब ३४ अर्ब रुपैयाँ हुने वा १४.१८ प्रतिशत रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुल गाहस्थ्य उत्पादन १ खर्ब ६१ अर्ब रुपैयाँ हुने वा ४.२७ प्रतिशतमा रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कुल गाहस्थ्य उत्पादन २ खर्ब ७२ अर्ब रुपैयाँ हुने वा ७.२१ प्रतिशत रहेको छ ।

कुल जीडीपीमा प्रदेश १ को १५ दशमलव ८२, प्रदेश २ को १२ दशमलव ७८, गण्डकीको ८ दशमलव ९०,  प्रदेश ५ को १४ दशमलव १८ र सुदूरपश्चिम प्रदेशको हिस्सा ७ दशमलव २१ प्रतिशत रहेको छ । 

तर जीडीपीको वृद्धिदरमा भने सुदूरपश्चिम प्रदेश अघि रहेको छ । देशको कुल जीडीपीको वृद्धिदर २ दशमलव २८ प्रतिशत अनुमान गरिएको छ । तर सुदूरपश्चिममा भने वृद्धिदर सबैभन्दा धेरै ४ दशमलव शून्य ८ प्रतिशत रहने अनुमान छ । सबैभन्दा कम वाग्मती प्रदेशको वृद्धिदर १ दशमलव १३ प्रतिशत मात्रै रहने अनुमान छ । 

प्रदेश १ को वृद्धिदर ३ दशमलव ४१ प्रतिशत, प्रदेश २ को २ दशमलव २८, गण्डकी प्रदेशको २ दशमलव ६८, प्रदेश पाँच को २ र कर्णाली प्रदेशको वृद्धिदर ३ दशमलव ५६ प्रतिशत रहने अनुमान रहेको तथ्याङ्क विभागले जनाएको छ ।

सबै प्रदेशको वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्