गए राति भूकम्पको धक्का महसुस « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

गए राति भूकम्पको धक्का महसुस



काठमाडौं । गए राति भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको जुगु केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सिन्धुपाल्चोक लगायतका जिल्लामासमेत महसुस गरिएको छ।


प्रतिक्रिया दिनुहोस्