संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि बारा र पर्सामा कर्फ्यु « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि बारा र पर्सामा कर्फ्यु



काठमाडौं । संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि मंगलबार साँझदेखि प्रदेश २ का बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार मात्र पर्साका ३९ र बाराका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

पर्सा जिल्ला भरी मंगलबार राति ८ बजेदेखि ५ जेठको राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्