बैंक तथा वित्तीय संस्थालाई लकडाउन कडा गर्दै, प्रति कमर्सियल बैंकलाई २० पास « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

बैंक तथा वित्तीय संस्थालाई लकडाउन कडा गर्दै, प्रति कमर्सियल बैंकलाई २० पास



काठमाडौं । विश्वभरि कोरोना भाईरसको त्रास छ । नेपालमा पनि कोरोना भाईरस बढिरहेको छ । २०७६ साल चैत ११ गतेबाट नेपाल सरकारले लकडाउन जारी राखेको छ । लकडाउनका कारण कोरोना भाईरस संक्रमण दर फैलिन नपाएकाले सरकारले लकडाउन बढाउँदै आएको छ । आगामी जेठ ५ गतेसम्मको लागि लकडाउन जारी गरेको छ ।

तर, कोरोना भाईरसले अर्थतन्त्रलाई ध्वस्त पारिरहेका वेला नेपालको अर्थ व्यवस्थामा पनि नकारात्मक असर परेको छ । लकडाउनको समयमा पनि आवश्यक सुरक्षा अपनाएर सिमित रुपमा सञ्चालन भईरहेका बैंक तथा वित्तिय संस्थहरुलाई आईतवारदेखी सम्पुर्ण शाखा खोल्ने अनुमति पाएपछि कोरोना भाईरस संक्रमण जोखीम बढेको छ ।

तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुर्ला एक तिहाई कर्मचारी राखेर मात्र काम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लकडाउन कडा रुपमा लागु गर्न निर्देशन दिएको छ । यसैक्रममा राष्ट्र बैंकलाई सिमित रुपमा पास दिने भएको छ ।

राष्ट्र बैंकले प्रत्यक कमर्सियल बैंकलाई कम्तिमा २० वटा पाससम्म उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार उपत्यका भित्र वित्तिय संस्था सञ्चालन गर्नको लागि २० वटासम्म पास उपलब्ध गराउन सक्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर सम्वन्धित जिल्लाका प्रमुखबाट अनुमति लिन सक्ने छन् । नेपालमा हालसम्म कोरोना भाईरस संक्रमित २१७ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्