लकडाउनले अप्ठयारोमा पारेका परिवारलाई गाउँपालिको राहत « Artha Path
२ जेष्ठ २०७७, शुक्रबार

लकडाउनले अप्ठयारोमा पारेका परिवारलाई गाउँपालिको राहत



काठमाडौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका ७ सयभन्दा बढी आफ्ना स्थानीय गाँउपालिका बासीहरुलाई राहत वितरण गरेको छ । बैशाख २८ गते मात्र ६ सय ५२ परिवारलाई राहत बाडेको पालिकाले २९ गते सम्ममा ७ सयभन्दा बढीलाई राहत बाडेको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण काठमाण्डौं उपत्यकामा अप्ठयारोमा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो । गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वको टोली सो राहत वितरण गर्न ठमाण्डौं उपत्यका आएका हुन् ।

टोलीले प्रति परिवार १ बोरा चामल, ४ केजी दाल र १ लिटर तेल राहतको रुपमा वितरण गरिएको हो । आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि काठमाडौमा रहेका महाकुलुङवासीहरुले गाउँपालिकाको नेतृत्व, कर्मचारी र स्वयमसेवकहरुप्रति खुलेरै आभार प्रकट गरेका थिए ।

उपत्यकाका धुम्बाराही, कपन, गोकर्ण, नयाँबस्ती, टोखा, जावलाखेल, किर्तिपुर, बाफल, कलङ्की, बुढानिलकन्ठ, जडीबुटी, चावाहिल तथा बानियाटार लगायतका विभन्न स्थानहरुमा राहत वितरण गरिएको थियो। यो भन्दा अगाडी अति नै समस्यामा परेका ६४९ जनालाई उद्धार गरी पालिकाकै खर्चमा गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी राहत दिइएको हो ।

गाउँपालिकाको कोरोना भाईरस विपत कोष तथा जनप्रतिनिधि एवम कर्मचारीहरुको तलब भत्ताबाट जम्मा भएको रकमले राहत वितरण गरिएको हो । जनप्रतिनिधि हरुको एक महिना एक दिन,प्रशासन अधिकृतको १२ दिन, अधिकृत तह भन्दा मुनीको कर्मचारी तथा शिक्षकहरुको १० दिन र वडाका सबै अध्यक्ष तथा कर्मचारीहरुको तलबसमेत राहत कोषमा जम्मा गरी राहत वितरण गरिएको गाउँपालिका प्रमुख सागर किराँतीले बताए ।

राहत कोषमा वडा नं ३ का अध्यक्ष डेक बहादुर कुलुङले आफ्नै स्वईच्छाले सबैभन्दा बढी तीन महिनाको आफ्नो पारिश्रमिक जम्मा गरेका थिए । स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको हकमा कुनै पनि तलब नकटाउने नि र्णय गरेपनि महाकुलुङ स्वास्थ्य संयोजक हरि प्रसाद आर्चाय र अनमी उमा देवी राईले भने स्वघोषित रुपमा ७ दिनको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

राहत साच्चिकै पीडित र दुखीहरुको हातमा पुग्न सकुन भनेर पालिका कर्मचारीसहितको टोली लिएर आफूहरु काठमाडौं आएको प्रमुख सागर किराँतीको भनाई थियो । प्रमुख किरातीसहित, प्रमूख प्रशासकीय अधिकृत लबुन राई, २ नं वडा अध्यक्ष प्रदिप कुलुङ, लेखा अधिकृत, नारायण काजी बस्नेत, पशुपन्छी सेवा शाखा प्रमूख डा। बिर्खराज कुलुङ लगायतका टोलीहरु काठमाडौं आएका हुन् ।

समन्वय गर्नको लागि काठमाडौमा स्वयमसेवकको रुपमा संकल्प किराती दिलिपसिंह कुलुङ प्रेम कुलुङ,कुमार जीत कुलुङ, शरद कुलुङ, शुक्रमणि कुलुङ, रेणुका कुलुङ, कान्छामान कुलुङ, टार्जन कुलुङ ,विकास कुलुङ, दिवस कुलुङ,गणेश कुलुङ, दत्त सिह कुलुङ, खड्ग नारायण कुलुङ लगायत रहेका थिए ।

गोकर्णलगायतका केही केन्द्रहरुमा एउटै परिवारबाट ३र४ जनाले राहत लिएको जानकारी आएपछि स्वयमसेवकहरुले परिचयपत्र चेकजाँचमा कडाई गरेका थिए ।

राहत लिनको लागि आफ्नो परिचय खुल्ने सरकारी कागजात अनिवार्य गराइए पनि एउटै घर वा कोठा परिवारमा दुई वा दुईभन्दा बढी नागरिकता भएको र उनीहरुको बुवाको नामसहितको पारिवारिक विवरण बन्दाबन्दी र समय अभावको कारण मिलान गर्न नसक्दा खराब नियत भएकाहरुले सरकारको नियम विपरित फाईदा लिएको स्वयमसेवक शुक्रमणि कुलुङले वताए ।

आफूहरु आफ्नो नागरिकहरुको उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको पर्यटन व्यावसायी दिलिपसिहं कुलुङले कलाखबरसँग बताए । यो सङ्कटको अवस्थामा गाउँपालिकाले प्रशंसा गर्न योग्य काम गरेर जनताको मन जितेको बताउदै गाउँपालिका लगायत आफ्नो सहकर्मी स्वयमसेवक मित्रहरु सबै जना धन्यवादको पात्र रहेको कुलुङले वताए ।


प्रतिक्रिया दिनुहोस्