सरकारी कार्यालय कम्तीमा १५ दिन बन्द गर्न सुझाव « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

सरकारी कार्यालय कम्तीमा १५ दिन बन्द गर्न सुझाव



काठमाडौं । काठमाडौं उपत्यकामा सरकारी कार्यालय बन्द गर्न माग गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सेवा बाहेकका अन्य कार्यालयहरु १५ दिनसम्म बन्द गर्न सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने सुझाव उनीहरुको रहेको छ ।

बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव दिएको हो । प्रमुख जिल्ला अधिकारीहरुको यो सुझाव गृहमन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्