भेटिइनन् संक्रमित भनिएकी किशोरी « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

भेटिइनन् संक्रमित भनिएकी किशोरी



जनकपुरधाम । कोरोना संक्रमित भनिएकी एक किशोरी भेटिएकी छैनन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १७ बर्षीया किशोरी कोरोना संक्रमित भएपनि अहिलेसम्म फेला पारेको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति ८ बजेर ३० मिनेटमा जारी गरेको विज्ञप्तिमा धनुषाकी १७ बर्षीया किशोरीमा कोरोना संक्रमण भएको उल्लेख गरेको थियो । तर ती किशोरी फेला पार्न नसकिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित भनिएकी ती किशोरी जनकपुरको नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्