सुदूरपश्चिम गएका ३३ चिकित्सक आज फर्किदै

काठमाडौं । सुदूरपशिचमबाट कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सक आज फर्किएका छन् । उनीहरुलाई बैशाख ५ गते स्वास्थ्य मन्त्रालयले धनगढी पठाएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार उनीहरु आज फर्किएका हुन् ।
सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सक मध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीनरतीन जना खटाइएको थियो ।
यस्तै, बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुईरदुई जना खटाइएको थियो। उक्त टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोेपेडिकका तीनजना चिकित्सक रहेका थिए।
त्यस्तै नाककान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिष्ट रहेका थिए। उनीहरुको उपस्थितीमा तीन साता सम्म नियमित स्वास्थ्य सेवा प्रादानमा सजिलो भएपनि लकडउनका कारण धेरैलाई स्वास्थ्य सेवा दिन नसकिएको अस्पतालहरुले जनाउका छन् ।