३६ जनाले जिते कोरोना :संक्रमित २५८ « Artha Path
२ जेष्ठ २०७७, शुक्रबार

३६ जनाले जिते कोरोना :संक्रमित २५८



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । जसमध्ये पुरुष २१० र महिला ४८ छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो । नयाँ पोजिटिभ देखिएका मकवानपुर निवासी ३७ र बाँकेका १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

विराटनगरस्थित कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३६ पुगेको छ । उनी अस्पताल भर्ना भएको २७ औं दिनमा डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ। संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ । आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार २४ जिल्लामा संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा एक सय, बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १०२ सुदूरपचिम प्रदेशमा ५ जना संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस्