सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता



काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ । उपचारका क्रममा नै मृत्यु भएपछि उक्त अस्पतालमा अहिले उच्च सतर्कता अपनाएको छ । उनको स्वासप्रश्वासमा समस्याभएपछि अस्पताल भर्ना गरिएको हो ।

उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्