२५ किलो भनेर २१ किलो चामल बेच्नेलाई तीन लाख जरिवाना « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

२५ किलो भनेर २१ किलो चामल बेच्नेलाई तीन लाख जरिवाना



काठमाडौं । बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दै एक पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको छ ।

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्