बारामा प्रहरीलाई पनि कोरोना संक्रमण « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बारामा प्रहरीलाई पनि कोरोना संक्रमण



काठमाडौं । नेपालमा एकजना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोनाको संक्रमण पोजेटिभ मिश्रले बताए । आफुले नारायणी अस्पताल वीरगञ्जबाट सहकर्मीलाई कोरोना भेटिएको जानकारी पाएको प्रवक्ता गौतम मिश्रले बताए ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि बीरगञ्जमा चेक गर्दा कोरोना देखिएको जनाइएको छ । कोरोना संक्रमण देखिएका प्रहरी जवानलाई अहिले आईसोलसनमा राखिएको जनाइएको छ । प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्