नेपालमा कोरोनाबाट २ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

नेपालमा कोरोनाबाट २ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय



काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ तथा जनसंख्या मनत्रालयले जनाएको छ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलामा कोरोना भाइरसको पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्