२४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

२४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण



काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ ।

नेपालमा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २८ हजार १ सय ६० जनाको पिसिआर र ६७ हजार ७ सय ६९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । कुल संक्रमित २ सय ९२ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन् । अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रदेश १ मा ३६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा १७ संक्रमितमध्ये १ को निधन, गण्डकी ३, प्रदेश ५ मा १०९, कर्णाली प्रदेशमा शुन्य रहेका छन् भने सुदुपश्चिम प्रदेशमा ५ संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्