घर पठाउन माग गर्दै आन्दोलन « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

घर पठाउन माग गर्दै आन्दोलन



बाँके । बाँके नरैनापुर गाउँपालिका वडा नं.५ स्थित क्वारेन्टाइनमा आज एक युवकको मृत्यु भएपछि गाउँपालिकाको ब्यवस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाब उत्पन्न भएको छ ।

गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा आज मृत्यु भएको थियो । त्यहाँ खटिएका स्वास्थ्यकर्मी अहेब दिनेश मौर्य, मटेहिया स्वास्थ्यचौकीका इन्चार्ज प्रेम बुढा दुबै जना क्वारेन्टाइन क्षेत्रमा थिएनन् ।

विहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् । हिजो शनिवार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्ने बारे प्रष्ट हुने नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।

आफ्नो साथीको सव त्यत्तिकै रहेको अवस्थामा आफु खाना र नास्ता केहि नखाने र आफुलाई घर पठाउनु पर्ने माग क्वारेन्टाइनमा बस्ने युवाहरुले अघि सारेका छन् । सव अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्