जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, फेरि थपेर वैशाख ३ गतेसम्म, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ गतेसम्म र पछिलो पटक जेठ ५ गतेसम्म लकडाउन थपिएको थियो ।
नेपालमा अहिलेसम्म दुई सय ९५ जनामा सङ्क्रमण पुष्टि भएकाेमा ३६ जना उपचारपछि निकाे भएका छन् ।















