प्रधानमन्त्रीले आज संसदमा जवाफ दिँदै « Arthapath.com
६ जेष्ठ २०७७, मंगलवार

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिँदै



काठमाडौं । प्रधानकन्त्री केपी शर्मा ओलीले सोमवार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजेपछि सुरु हस्ुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।

आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा अस्ति र हिजो छलफल भएको थियो । बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्ताव परेका छन् ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्