आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना परीक्षण बाँकी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आइसोलेसनमा एक युवकको मृत्यु, कोरोना परीक्षण बाँकी



काठमाडौं । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ। जिल्लाको रोल्पा नगरपालिका वडा नम्वर १ का २२ वर्षीय युवकको मृत्यु भएको हो। उनी मिर्गौलाका बिरामी थिए।

ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्