थप २५ जनामा कोरोनाभाइरस पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

थप २५ जनामा कोरोनाभाइरस पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो



काठमाडौं । नेपालमा थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । बुधवार स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयको जारी गरेको वक्तव्यअनुसार कोभिड १९ पुष्टि हुने मानिसको सङ्ख्या ४२७ पुगेको छ ।

आज बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन ।

प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै आजै ८ जना उपचारपछि घर फर्किएका छन् । भर फर्किनेको संख्या ४५ पुगेको छ ।

नेपालमा हालसम्म पीसीआर बिधीवाट ३५ हजार ४ सय ९४ वटा रहेका छन् । त्यस्तै आरडीटिबाट ७५ हजार ७२ पुगेको छ । गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४८८ जनाको पीसीआर परिक्षण गरिएको छ भने आरडिटीबाट ३ हजार ६१० परिक्षण गरिएका छन् ।बुधबार संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार सातजना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन्।


प्रतिक्रिया दिनुहोस्