९२ हजार ५०४ मेट्रिक टन चामल मौज्दात « Arthapath.com
८ जेष्ठ २०७७, बिहीबार

९२ हजार ५०४ मेट्रिक टन चामल मौज्दात



काठमाडौं । नेपालमा प्रयाप्त मात्रामा खाद्यान्न रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । निजी क्षेत्रले पनि खाद्य सामाग्री प्रयाप्त रहेको दावी गरेको छ । हाल नेपालमा ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको निजी तथा सरकारी कम्पनिहरुले दावी गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको बताएको छ ।

दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताएकी छिन् ।

त्यस्तै दुर्गमका जिल्लाका लागि भनेर दुई हजार ८२५ मेट्रिक टन नून गरी एक लाख ३७ हजार ९६६ मेट्रिक टन मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बताएको छ ।

मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग दुई हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४ चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्