३६ वर्षमै शाखा अधिकृतले कमाए पौने १८ करोडको सम्पत्ति « Arthapath.com
८ जेष्ठ २०७७, बिहीबार

३६ वर्षमै शाखा अधिकृतले कमाए पौने १८ करोडको सम्पत्ति



काठमाडौं । गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृत रही अवकास प्राप्त एक कर्मचारीले पौने १८ करोड रुपैयाँको सम्पत्ति आर्जन गरेको खुलासा भएको छ ।

काठमाडौंको टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा हधिकृत हुँदा सम्म १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको सम्पत्ति आर्जन गरेको बुझिएको हो ।

उनले विभिन्न तवरले अकुत सम्पत्ति कमाएको र ठाउँ ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दवावमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्द अदालतमा मुद्दा दायर गरेको छ ।

उनले आफ्नी श्रीमती र छोराछोरीको नाममा सो रकम जम्मा गरेको बताइएको छ । उनले लामो समय काठमाण्डौ जिल्लाका साविकको धापासी गाविस टोखा सरस्वती गाविस र भिमढुंगा गाविसमा गाविस सचिवको रुपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत रहेको र सोही समयमा धेरै ठाउँमा घरजग्गाहरु जोडेको अनुसन्धानबाट खुलेको छ ।

उनले वि.स. २०३९ मा गाविस सचिवबाट सेवा प्रवेश गरेका थिए भने २०७५/२०७६ मा शाखा अधिकृतबाट अवकास भएका थिए । अर्याललाई बिगो १७ करोड ८३ लाख ४१ हजार ५सय ७९ रुपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजायको माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्