अत्यावश्यक बाहेकका सबै पास वितरणमा रोक
वीरगञ्ज । पर्सा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सबै पास वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कोरोना संक्रमणको जोखिलाई न्युन राख्न लकडाउनलाई प्रभावकारी बनाउन यस अघि जारी भएका सबै पासहरु रद्द गरिएको जनाइएको छ ।
पत्रकारका हकमा भने सुचना विभागबाट जारी परिचय पत्र अथवा सम्बन्धीत सञ्चारगृहको परिचयपत्रलाई मान्यता दिइने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । त्यस्तै समाचार संकलनका क्रममा रहेका पत्रकारहरुलाई कुनै किसीमको अवरोध नहुने पनि जनाइएको छ ।