राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु सिल « Arthapath.com
८ जेष्ठ २०७७, बिहीबार

राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु सिल



काठमाडौं । राजधानी उपत्यका प्रवेश गर्ने सवै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सील गरिने भएको छ । राजधानी उपत्यकाका नगर प्रमुखहरुसँग बैठक राखेर गृह मन्त्रालयले सवै नाकाहरु सील गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामग्री बाहेक अरुलाई पूर्ण रुपमा प्रवेश बन्द गरिएको छ । उपत्यका प्रवेश गर्ने सवै नाकाहरु सील गर्ने निर्णयको परिपत्र बिहीबार नै जारी भइसकेको छ ।

बढी जनघनत्व रहेको उपत्यका उच्च जोखिम देखिएकाले अत्यावश्यक काम बाहेक प्रवेश गर्न रोक लगाइएको छ । लुकीछिपी प्रवेश गर्ने कार्य नरोकिएकाले तत्काल कडाइ गर्न परिपत्र गरिएको छ ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्य स्थालहरुमा क्वारेन्टिन बस्ने व्यक्तिहरुको लगत संकलन र अन्य व्यवस्थापन अगाडि बढाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्