सुदूरपश्चिम प्रदेशसभाका कर्मचारी र सुरक्षाकर्मीको थ्रोट स्वाब संकलन
काठमाडौं । सुदुरपश्चिम प्रदेशसभा सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरूको थ्रोट स्वाबको नमूना संकलन शुरु गरिएको छ । प्रदेशसभाको बैठकको तयारीस्वरूप कर्मचारी र सुरक्षाकर्मीको कोभिड-१९ जाँचका लागि थ्रोट स्वाब संकलन गरिएको सचिवालयका सचिव रामसिंह धामीले बताए ।
उनका अनुसार भोलि प्रदेशसभाका सदस्य, मन्त्रालयका कर्मचारी र सुरक्षाकर्मीको परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने छ। आज करिब डेढ सयजनाको थ्रोट स्वाब संकनल गरिने उनले जानकारी दिए ।
धनगढीको पशुपन्छी रोग अन्वेषण कार्यालयमा स्थापना गरिएको प्रयोगशालाका कर्मचारीले थ्रोट स्वाब संकलन गरिरहेका छन्। संकलित स्वाबको नतिजा आउन २/३ दिन लाग्नसक्ने प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए ।