बागमती प्रदेशलाई कोरोना रोकथाम कोषमा सुर्य नेपालको १ करोड सहयोग « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

बागमती प्रदेशलाई कोरोना रोकथाम कोषमा सुर्य नेपालको १ करोड सहयोग




काठमाडौं । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।


बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले चेक हस्तान्तरण गरेका थिए ।


मुख्यमन्त्री पौडेलले कोषमा रकम प्रदान गरेकोमा धन्यवाद दिएका छन ।

उनलेसबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बताए ।


त्यस्तै सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्