ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा « Arthapath.com
२५ श्रावण २०७७, आईतवार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेललेबैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्द ैदाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टरसञ्चालनमा ल्याएको हो ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्