१ अर्ब ६९ करोडले बढ्यो राजश्व « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

१ अर्ब ६९ करोडले बढ्यो राजश्व



काठमाडौं । सरकारले गत आर्थिक बर्षमा राजश्व संकलनमा बृद्धि गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सरकारले १ अर्व ६९ करोड रुपैयाँ बढि राजश्व संकलन गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

नेपाल सरकार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ८ खर्ब ३९ अर्ब ६६ करोड संकलन गर्न सफल भएको थियो भने गत बर्ष अझै बढि संकलन गर्न सफल भएको हो । गत आर्थिक बर्ष २०७६÷०७७ मा ८ खर्ब ४१ अर्ब ३५ करोड रुपैयाँ राजश्व असुली गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसरा राजश्व असुली थोरै मात्र बढेको देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६÷०७७ मा राजस्व ०.२० प्रतिशतले मात्रै बढी हो ।

मन्त्रालयको सार्वजनिक विवरणमा भन्सार महसुल अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५५ अर्ब रुपैयाँ उठेकोमा गत आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ उठेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भने मूल्य अभिवृद्धी करमा ७.२६ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँ मू.अ. कर संकलन भएकोमा गत आवमा २ खर्ब २४ अर्ब ७ करोड रुपैयाँ संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रूपैयाँ आयकर संकलन गरेको सरकारले गत आर्थिक वर्षमा २ खर्ब १९ अर्ब रुपैयाँ आयकर संकलन गरेको छ । आयकरतर्फ १३ प्रतिशतले बृद्धि भएको विवरणमा उल्लेख गरिएको छ

सरकारले गत आर्थिक वर्षमा ७ खर्ब ८६ अर्ब रुपैयाँ चालु खर्च गरेको छ भने १ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्