अध्यागमन विभागका कर्मचारीमा कोरोना पोजेटिभ पछि सेवा बन्द « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

अध्यागमन विभागका कर्मचारीमा कोरोना पोजेटिभ पछि सेवा बन्द



काठमाडामैं । अध्यागमन विभागका कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ ।

विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो । त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ ।

उनका अनुसार, “एक जनामा भने पोजेटिभ आएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।”


प्रतिक्रिया दिनुहोस्