घुुससहित खानेपानी संस्थानका प्रमुख इन्जिनियर पक्राउ « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

घुुससहित खानेपानी संस्थानका प्रमुख इन्जिनियर पक्राउ



काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् ।

आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।

गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको थियो ।

त्यसलगत्तै शाहलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्