मन्त्रिपरिषद बैठक बस्दै « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । साँझ ५ बजे बस्ने बैठकले कोरोनासम्वन्धि महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।

बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडान थप गर्ने वा नगर्ने उनले बताए ।

आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमणका विषयमा समीक्षा गरी मन्त्रिपरिषदमा पेश गर्न प्रस्ताव तयार गरेको थियो। उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भएपछि छलफल गरेर मात्रै निर्णय हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्