एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको साधारण शेयर मंगलबार बाँडफाँड गरिने « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको साधारण शेयर मंगलबार बाँडफाँड गरिने



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको साधारण शेयर मंगलवार बाँडफाँट गर्ने तयारी गरिएको छ ।

गत साउन १६ गतेदेखि २१ गतेसम्म एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर विक्री गरेको थियो ।

सोमवार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए मंगलवार बाँडफाँड गर्ने क्यापिटलको जनाएको छ । यस कम्पनीको साधारण शेयरमा ४ लाख २८ हजार १५३ जनाको आवेदन गरेका थिए । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो । कम्पनीको साधारण शेयरमा मागभन्दा ५ दशमलव २४ गुणा बढी आवेदन परेको थियो ।


प्रतिक्रिया दिनुहोस्