मुख्यमन्त्रीले मन्त्रीहरुसँग करार सम्झौता गरे « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

मुख्यमन्त्रीले मन्त्रीहरुसँग करार सम्झौता गरे



मन्त्रीले सचिवसँग र सचिवले कार्यालय प्रमुखहरूसँग करार सम्झौता गर्नुपर्ने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै मन्त्रीसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् ।

मंगलवार औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरेका हुन्। प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्रीले कार्यसम्पादन करार सम्झौता गरेका हुन्।

योसँगै अब तोकिएको अवधिमा कार्यसम्पादन गर्न नसक्ने मन्त्रीहरुको जिम्मेवार हेरफेर गर्न सकिने छ । नागरिकस्तरबाट सरकारका पदाधिकारीहरुको योग्यता र नियतमा प्रश्न उठिरहेको बताउँदै उनले बजेट मन्त्री र मन्त्रालयका सचिवहरुको बजेट कार्यान्वयनमा आत्मसमीक्षा जरुरी भएको बताए ।

यस्तै, कर्णालीका मन्त्रीहरुले मन्त्रालयका सचिवसँग र कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन करार सम्झौता गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्