लगानी बोर्डका नव नियुक्त सीईओ भट्टलाई तत्काल काम गर्न नदिन उच्च अदालतको आदेश « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

लगानी बोर्डका नव नियुक्त सीईओ भट्टलाई तत्काल काम गर्न नदिन उच्च अदालतको आदेश



काठमाडौं । लगानी बोर्डका नवनियुक्त सीइओ सुशील भट्टलाई तत्काल काम गर्न नदिन सरकारका नाममा उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सवेदीको एकल इजलासमा साउन ३२ गते उनलाई कार्यालयमा उपस्थित हुन नदिन र सीइओको हैसियतमा काम नगर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनको बारलाई समेत २ जना ‘एमिकस क्युरी’ पठाइदिनका लागि पत्र पठाएको छ ।

भट्टलाई गत साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले लगानी बोर्डको सीइओमा नियुक्ती गरेको र उनका विरुद्ध अधिवक्ता जयबहादुर भुजेलले पाटन अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्